Rule 158
विद्यालयको सम्पत्तिको सुरक्षा
(१) विद्यालयको नाममा रहेको सम्पत्तिको सुरक्षा गर्ने प्रमुख दायित्व व्यवस्थापन समिति र प्रधानाध्यापकको हुनेछ ।
(२) सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्नको लागि सम्बन्धित जिल्लामा देहायका सदस्यहरु रहेको एक विद्यालय सम्पत्ति संरक्षण समिति रहनेछः–
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) मालपोत कार्यालयको प्रमुख – सदस्य
(ग) विद्यालयका दाताहरु मध्येबाट जिल्ला शिक्षा अधिकारीले मनोनीत गरेको एकजना – सदस्य
(घ) जिल्ला विकास समितिका सदस्यहरु मध्येबाट जिल्ला विकास समितिले मनोनीत गरेको एकजना – सदस्य
(ङ) जिल्ला शिक्षा अधिकारी – सदस्य–सचिव
(३) उपनियम (२) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) उपनियम (२) बमोजिम गठित समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।